वर्तमान अवस्था
सन् १९८८ को सुरुवातसँगै नेपालमा देखापरेको एच.आई.भिको सङक्रमण २०७३
असार मसान्तसम्मको तथ्याङ्क हेर्दा यो सङख्या बढेर २८,८७५ पुगिसकेको छ,
जसमध्य १७,९४९ (६२%) पुरुष सङक्रमित छन् भने क्रमश: १०,८२४ (३७%) महिला र
९२ (०.३%) तेस्रो लिङ्गि सङक्रमित छन्।
यस सङख्यालाई सङक्रमित व्यक्तिको उमेरका आधारमा बर्गिकरण गर्ने हो भने
बहुसङख्यक २१,०२७ (७२.८%) जना (२५-४९) उमेर समुहमा पर्दछन् जुन यौन
क्रियाकलापका हिसाबले पनि सक्रिय रहने उमेर समुह हो भने १५ बर्षमुनिका २१२४
(७.३%) छन् भने ४१९७ (१३.६%) जना सङक्रमित (१५-२४) र १५१८ (५.३%) जना
सङक्रमित ५० बर्ष भन्दा माथि उमेर समुहका रहेका छन्। साथै हरेक १० जना
सङक्रमित मध्य ४ जना यौनकर्मिको ग्रहाक भएका, १ जना लागु औषधि सेवनकर्ता
भएका, १जना वैदेशिक रोजगारिमा जाने व्यक्ति, १ जना यौनकर्मि वा वैदेशिक
रोजगारिमा जानेको श्रीमान वा श्रीमती छन् भने बाँकि ३ जना विभिन्न समुदाय
बा बर्ग जस्तै गृहणि, कैदि, वच्चाहरु, रगत लिने गरेको देखापर्ने गरेको
तथ्याङ्कले देखाऊदछ।
यस्तै एच.आई.भिसङक्रमणलाई बिकास क्षेत्रका आधारमा तुलना गर्ने हो भने
मध्यामाचंलमा सबैभन्दा बढि सङक्रमित रहेका छन् भने क्रमश: पश्चिमाचंल,
पुर्वाचंल, सुदुरमश्विमांचल र मध्यपश्चिमाचंलमा कम सङक्रमित देखापरेका छन्।
परिक्षण र सङक्रमितको पहिचान
स्वास्थ्य सेवाको सम्पर्कमा आई कुनै प्रकारको सेवालिई सुचिकृत भएका
सङक्रमितको सङख्या २८,८७५ देखिएपनि हाल नेपालमा अनुमानित ३९,३९७ सङक्रमित
रहेको तथ्याङ्कले देखाउछ। यस तथ्याङकलाई आधार मान्ने हो भने पनि कैयन
सङक्रमितको पहिचान हुन बाँकि रहेको देखिन्छ। यस अवस्थामा सङक्रमणको जोखिममा
रहेको समुदाय सङक्रमित हुने सम्भावना उत्तिकै बढि रहेको देखिन्छ। यदि यो
सुचिकृत र अनुमानित सङक्रमितहरु बिचको सख्यात्मक दुरि घटाउने हो भने
एच.आई.भि परिक्षणको सेवा जनसमुदायस्तरसम्म पुर्याउन अत्यावश्यक देखिन्छ।
स्वास्थ्य क्षेत्रको संस्थागत संरचना हेर्न हो भने स्वास्थ्य चौकि
समुदाय निकट रहेता पनि एच.आई.भि परिक्षण सेवा पाउन नसकिने अवस्था रहेको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले प्रकाशन गरेको तथ्याङक
अनुसार हाल नेपालका ७५ रै जिल्लाबाट एच.आई.भि परिक्षण र परामर्श सेवा
प्रदान गरेपनि जम्मा १३० संस्थाबाट मात्र सेवा प्रदान गरेको स्थिति छ।
स्वास्थ्य मन्त्रालयले हरेक गर्भवतिको एच.आई.भि परिक्षणगर्ने निति लिए
पनि स्वास्थ्य सेवा विभागको २०७१।७२ वार्षिक प्रतिबेदनलाई आधारमान्ने हो
भने ७२४,८३९ अनुमानित गर्भवतिमध्य १५४,५८८ गर्भवतिहरुले परामर्श सेवा
लिएपनि जम्मा १३५,९०४ ले मात्र एच.आई.भि परिक्षण गरेको पाईएको छ। यसले
सेवाको पँहुचमा बृद्धि मात्र नभई दक्ष स्वास्थ्यकर्मि (परामर्शदाता)को पनि
उपलब्धतामा जोड दिनुपर्ने देखिन्छ।
हाल देशको बिभिन्न ५५ जिल्लाहरुमा आमाबाट बच्चामा हुने सङक्रमण रोकथाम
(पि.एम.टि.सि.टी ) कार्यक्रम लागु भएता पनि कार्यक्रमको उपलब्धि ज्यादै नै
न्युन छ। त्यसैले पनि सङख्यात्मक बिकास त छदैछ सेवाको गुणस्तरियता वृद्दि
गर्न ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ। यसका लागि जनचेतना मुलक
कार्यक्रम, स्वास्थ्यकर्मिको क्षमता बिकास र स्वास्थ्य संस्थाको भौतिक
पुर्वाधार र सामाग्रि बिच मा आवश्यक सन्तुलन मिलाउनु पर्ने हुन्छ। यि तिन
पक्षबिच सन्तुलन कायम गर्न सके मात्र सङक्रमितको पहिचान गर्न, र बिभिन्न
माध्यमबाट हुने सङक्रमणको जोखीमको दर घटाउन सहयोग मिल्नेछ।
ए.आर.टि सेवाको अवस्था
हाल देशको बिभिन्न ५९ जिल्लाका ६५ सेवा केन्द्रबाट ए.आर.टि सेवा प्रदान
भईरहेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले २०७३ सम्मको
तथ्याङ्क हेर्ने हो भने अहिले १२,४४६ जनाले ए.आर.टि सेवा लिईरहेको
देखिन्छ। विश्व स्वास्थ्य संगठनले “परिक्षण पश्चात उपचार” गर्ने रणनिति
अनुरुप एचआइभि परिक्षण पश्चात पोजेटिभ देखिएका सङक्रमितलाई तरुन्तै ए.आर.टि
सेवा दिने भनेता पनि नेपालमा हाल सि.डि.फोर) गणना ५०० सेल्स एमएम३
भन्दा कम भएकालाई मात्र ए.आर.टि सेवा दिने व्यवस्था छ। यसले गर्दा पनि
कैयन सङक्रमित सेवा केन्द्रको सम्पर्कबाटबाहिरिने र आएका मध्य पनि कति
औषधिको असर, स्वास्थ्य संस्थाको दुरि, खर्च लगाएतका कारणले गर्दा सेवा
सुचारु गर्दैनन।
हाल नेपालमा औषत १४-१५ प्रतिशतले ए.आर.टि सेवा सुचारु नगरेको देखिन्छ।
उपचार सुचारु राख्न र सङक्रमितलाई सेवाकेन्द्रसम्म ल्याउन प्रोत्सहानात्मक,
जनचेतना मुलक र सङक्रमितको घरदैलो सम्म पुग्ने कार्यक्रमलाई प्राथमिकता
दिनु पर्ने देखिन्छ।बिभिन्न सरकारि र गैरसरकारि संस्थाको सहयोगमा यस्ता
कार्यक्रमहरु संचालन भईरहेका पनि छन्। यस्ता कार्यक्रम चलाउने स्वास्थ्य
कार्यकर्ताले सङक्रमितको गोपनियताका सवालहरुलाई पनि उत्तिकै ध्यानमा राख्नु
पर्ने हुन्छ।
नेपालमा हाल सरकारि र गैरसरकारि संस्थाको सहयोगमा बिभिन्न २६३ स्थानबाट
एच.आई.भि परिक्षण भईरहेको छ भने अर्को तर्फ ५९ जिल्लाहरुवाट ए.आर.टि सेवा
प्रदान भईरहेको छ। तर ए.आर.टि सेवा लिन सि.डि.फोर. सङख्या आवश्यक पर्ने
बाध्यात्मक परिस्थिति र २७ बिभिन्न स्थानबाट मात्रै सि.डि.फोर. सङख्या गणना
हुने व्यवस्था बिच सङक्रमितले सेवा लिन कठिन रहेको देखिन्छ।
परिक्षण पश्चात सि.डि.फोर. सङख्या गणना र ए.आर.टि सेवा लिन ठुलै यात्रा
तय गर्नु पर्ने देखिन्छ। संभवत स्वास्थ्य मंत्रालयले चाडै नि विश्व
स्वास्थ्य संगठनलको “परिक्षण पश्चात उपचार” गर्ने रणनितिलाई अवलम्बन
गर्नेछ। आर्थिक रुपमा सबल समुदायलाई त्यति फरक नपर्ला तर बिपन्न र गरिब
समुदायलाई यसै कारणले गर्दा सेवाबाट बिमुख रहन बाध्य छन्। यसका साथै सिमित
ठाँउमा मात्र भाईरल लोडपरिक्षण हुने हुदारगतमा भाईरसको सङख्या घटे-नघटेको
स्थिति थाहा पाउन एकदमै गार्हो भएकोछ। हाल नेपालमा राष्ट्रिय जनस्वास्थ्य
प्रयोगशाला र सेति अंचल अस्पतालमा गरि जम्मा दुई ठाँउवाट मात्र भाईरल
लोडपरिक्षण हुने गर्दछ।
यस हिसाबले नि सेवाको बिस्तार हुन आवश्यक देखिन्छ। सन् २०१५ कै
तथ्याङ्कलाई हेर्ने हो भने ए.आर.टि सेवन गरिरहेका मध्य करिब १०% कोरगतमा
भाईरसको सङख्या नघटेको देखिन्छ। यो त केवल भाईरल लोडपरिक्षण को पहुच भएको
सङक्रमितको सङख्या हो। सिमित स्रोतका बाबजुत उच्चतम प्रयोगका लागि हाल
संचालनमा रहेका सामुदायिक हेरचाह केन्द्र, सामुदाय तथा घर केन्द्रित सेवा,
ए.आर.टि सेवा केन्द्र बिचको समन्वय, सहकार्य एकदमै जरुरि देखिन्छ। यसका
साथै बिभिन्न लक्षित कार्यक्रमहरुमा संलग्न स्वास्थ्यकर्मिले पनि बिभिन्न
कार्यक्रमबिचको अन्तरसम्बन्ध र उपलब्ध हुने सेवाका बारे सेवाग्राहिलाई
बुझाउनु पर्ने देखिन्छ। यसले गर्दा उपलब्ध सेवाको बारेमा जानकारि भई सेवाको
गुणस्तर, उपभोगमा वृद्धि गराँदछ।
अबको वाटो
नेपालले पनि एच.आई.भि एड्सको माहामारि अन्तयको लागि सन् २०२० भित्र
९०-९०-९०को ( सन् २०२० भित्र जम्मा अनुमातित सङक्रमित मध्य ९०%को पहिचान
गर्ने, पहिचान भएका मध्य ९०%लाई ए.आर.टि सेवा प्रदान गर्ने र ए.आर.टि सेवा
लिईरहेका मध्य पनि ९०%को भाईरल लोडघटाउने) द्रुत लक्ष्य प्राप्त गर्ने हो
भने परिक्षणमा जोड दिनुपर्ने हुन्छ। यसका लागि परिक्षण सेवा समुदाय
स्तरसम्म पुर्याउनु अत्यावश्यक छ।
यसले गर्दा सङक्रमितको पहिचानमा वृद्धि भई सङक्रमणको जोखिम कम गर्दछ।
यसकालागि परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य महाशाखा, क्षयरोग
नियन्त्रण केन्द्र, क्षेत्रिय तथा जिल्ला स्तरका सरकारि तथा गैरसरकारि
संस्थाबिच सहकार्य अपरिहार्य छ। पहिचान भएका सङक्रमितहरुलाई निरन्तर अनुगमन
गर्ने पद्दति वा प्रणालिको बिकास हुन जरुरि छ। हरेक सङक्रमितसँग मोबाईल
फोन हुने हुदा यसका लागि मोबाईल फोन लक्षित कार्यक्रम प्रभावकारि
हुनेदेखिन्छ। तथापि प्राबिधिक बिकासपनि उत्तिकै महत्वपुर्ण हुन्छ। एच.आई.भि
रोकथामका लागि संचालित कार्यक्रममा समुदाय, संस्था, सेवाग्राहि (सङक्रमित)
बिचको सम्बन्धको निरन्तर अनुगमन तथा मुल्याकंन हुनु पर्दछ।
कार्यक्रम संचालनमा मात्र केन्द्रित नभइ सेवाको गुणस्तर, सेवाग्राहिको
आवश्यकता र समुदायको भावनालाई पनि ध्यानमा राख्नु पर्दछ। अनुगमनका क्रममा
देखिएका सकारात्मक र नकारात्मक पक्षको छलफल र दिएको सुझावको कार्यान्वन
हुनुपनि उत्तिकै आवश्यक छ। हालै सम्पन्न भएको एकिकृत जैवित तथा व्यवहारिक
सर्भेक्षणले केहि महत्वपुर्ण जानकारि पत्ता लगाएको छ जुन भावि कार्यक्रम
तथा रणनिति तर्जुमा गर्न एकदमै महत्वपुर्न देखिन्छ।
काठमाण्डौकोमहिला लागु औषध सेवनकर्ता मध्य गरिएको सो सर्भेक्षणका अनुसार
हरेक १०० जना महिला लागु औषध सेवनकर्ता मध्य ९ जना एच.आई.भि सङक्रमित
रहेको पाईएको छ भने तराईको राजमार्ग नजिकका जिल्लामा समलिङ्गि, पुरुष
यौनकर्मि तथा पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषमा गरिएको त्यसतै सर्भेक्षणले
हरेक १०० जना त्यस्ता व्यक्ति मध्य ८ जना सङक्रमित रहेको देखिएको छ भने
महिला यौनकर्मि, ट्रक-ड्राईभर, तथा राजमार्ग छेऊछाउका लागुऔषध सेवनकर्तामा
सङक्रमणको जोखिम कम देखिएको छ।
निति निर्माण र कार्यन्वयन तहको जिम्नेवार व्यक्तिले यस्ता सर्भेक्षणको
बृहत छलफल गरि भावि योजना कोर्नुपर्ने देखिन्छ। अन्तयमा एच.आई.भि रोकथाम
सरकारि तथा सम्बन्धित गैरसरकारि निकायको मात्र जिम्नेवारि नभई यो
व्यक्तिको, सङक्रमितको, समुदायको, सम्पर्ण सरकारि तथा गैरसरकारि निकाय र
समग्र राष्ट्रको जिम्नेवारि भएको हुदा यसको रोकथामको लागि हामिसबै जुटौ।
As published in Swasthyakhabar Online on 1st December 2016.
No comments:
Post a Comment