Showing posts with label dot neil's Photography. Show all posts
Showing posts with label dot neil's Photography. Show all posts

Thursday, February 13, 2014

फोटोग्राफि भित्रको संवाद


सोख त पक्कै नि मानिस बिच फरक हुनु प्राकृतिक नै हो। फोटोग्राफि भन्दा नि फोटो खिच्ने मेरो सोख हो। त्यो भित्र पनि सुखद क्षण कैद गर्ने मन हो।  चाहाना हो। सोख र चाहाना बिचको तात्विक भिन्नता थाहा नभएनि मलाई फोटो खिच्न सारै मन लाग्छ।  सायद त्यहि भएर नि हुन सक्छ मलाई DSLR 1100D किन्न रु ४३००० खर्च गर्न न त दुई चोटि सोच्नु नै पर्यो न त कुनै दुबिधा नै खडा भयो।

माथिको फोटो भख्खर रै एक बर्ष (१) पार गरेको पाल्तेन नाम गरेको सानो बाबुको हो।  कति well-nourished, कति hero सारै राम्रो। नगरकोट धुम्न जादा खिचेको। थाकेर लखतरान जिउ,  १-१ घण्टामा चल्ने गाडिको queue, तब सिट च्यापेर बस्नुको कुनै बिकल्प थिएन।   सगैको सिटमा आमाको काखमा बाल्यकालको बेफिकर मोज उठाउदै बालक अनि सगै क्यामरा भिरेर बसेको म। भन्नै पर्दा मलाई साना केटा-केटि सारै नै मन पर्छ, they are the pure soul, ते तेकि  हैन ABJ Abdul Kalam ले सानो बच्चाबाट सपथ लिएको। जब जब साना केटा-केटि भेटाऊछु, गुडिया जसरि खेलाऊछु तब त साना केटा-केटिले मलाई रुचाउदैनन पनि। मज्जा लाग्छ। सु-सु गर्लान कि भन्ने कुरामा सधै चनाखो हुन्छु, कहिले काहि भोगियो भने भाग्यमानि संमझन्छु।  यस्तै भयो पाल्तेनसंग पनि। हाम्रै शब्दमा बच्चा सारै नै घोर्ले थियो। सगै बसेको साथिलाई भनि हाले," हेरे त भोलिको DON". बिशुद्ध मज्जा गर्ने हिसाबले भनेको, मैले भनेको पुग्ने भए त साथिलाई," हेरे त भोलिको Einstein भन्थे हु'ला।

कसैको मामा, कसैको काका भइसकेको म, यस्तो पोसिलो बच्चा गुरुङ, मगर बाहेकको देखेको छैन पनि। धेरै बर्ष अगाडिको रसुवा फिल्डमा भेटेको थिए यस्तै बच्चाहरु। तत् पश्चात नगरकोटवाट फर्केने बसमा। तब ब्यागवाट झिके क्यामरा। बहुत अजिबको बच्चा, एक जिब्रो पड्काकेको के थिए, हेर्न थालि हाल्यो म तिर। सानो वच्चा सबैका दिमाख भरिने क्रममै हुन्छन, त्यसैले त सारै चनाखो हुन्छन, सारै बाठो पनि। continuous shoot मा राखेको थिए camera, सुरु भो Click Click and Click। बच्चाको आमा, छोरा एक टकले म तिर हेर्न थाले पछि, हेरिन म तिर पनि। मुसुक्क हासिन। तब आमाबाट नि approval letter आए पछि  मज्जाले फोटो खिचे।

कोठा आएर सोचे फोटो धुलाएर दिन पा'को भए साच्चै बच्चाको परिवार, बिशेषत बच्चाको आमा सारै खुसि हुन्थिन होला। सायद अहिले पनि लाग्छ," दिदि, ई तपाईको छोरोको फोटो लिनुस।" भनेर पछि कुनै दिन दिन पाएको भए, मज्जा दोब्बर  हुन्थ्यो होला।
।।ईति।।