Wednesday, February 1, 2012

जीवन जिउदै छु म

जीवन त्यो रहेनछ जो मस्तिस्क सोच्दथ्यो
आँखा खोल्दा, खुट्टा जुध्दा जो अनुभब गर्दथ्यो
बायु संग उड्ने मन, चन्द्र छुने मन
आयु संग लड़दथ्यो
लाग्दछ अब
अबमुल्यन भो जिन्दगिको, जीवन ब्यर्थ भैदियो

अर्थ अनेक थियो तर जीवन एक थियो जिउनमा
न त लाह ले टाल्न सक्ने, न त ढाल ले छेक्न सक्ने यथार्थमा
बसन्त आईदिन्थ्यो छाईदिन्थ्यो गैदिन्थ्यो, छाएन जिन्दगीमा
सयौ ठाउमा फाटेको भोटो रहेछ जीवन, सिउने कुन अर्थमा

फगत जीवन जिउने आशमा लम्कदैछु म
जीवनका तृप्ति थाती राख्दै, बाकि राख्दै, घस्रदैछु म
यथार्थपरक जिन्दगि को खोजि म रुमल्यकोछु म
उत्तर छैन रे ,
न त आवाज संग
न त अक्षर संग
न त आश संग
न त भाव संग
अनुत्तरित प्रश्नहरुको भार संगाल्दै, जीवन जिउदै छु म !!!!

No comments:

Post a Comment